गरिमा विकास बैंकले २०% बोनस शेयर दिने र ७०% हकप्रद शेयर निष्काशन गर्ने

Post Date : February 17, 2017 | 9:06 am

काठमाडौँ, ६ फागुन । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट छुट्याएको रकम १७ करोड ७४ लाख ५९ हजार ३ सय ४५ रुपैयाँ तथा साविक शुभेच्छा विकास बैंकको सोही अवधिको मुनाफाबाट छुट्याएको ३ करोड ८६ लाख ४२ हजार ९ सय ५६ रुपैयाँ समेत जम्मा २१ करोड ६१ लाख २ हजार ३ सय एक रुपैयाँ (अर्थात विकास बैंकको हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख ११ हजार ५ सय ८ रुपैयाँको २० प्रतिशत) बोनस शेयर जारी गर्ने भएको छ ।

बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८ सय नौ रुपैयाँको आधारमा १० शेयर बराबर ७ शेयर (१०ः७) अर्थात चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने रकम ९० करोड ७६ लाख २९ हजार ६ सय ६७ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको दशौँ साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण र हकप्रद शेयर निष्काशन प्रक्रिया कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *