गहुँ उत्पादनमा कमी

Post Date : May 3, 2016 | 6:22 pm

राजविराज, २१ वैशाख । यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष प्रति हेक्टर एक मेट्रिक टन गहुँ उत्पादनमा कमी आएको हो । यस वर्ष २५ हजार हेक्टरमा गहुँबाली लगाइएकोमा ३७ हजार ५०० मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो । समयमा वर्षा नहुँदा तथा सिँचाइको उचित व्यवस्था नभएका कारण प्रति हेक्टर १.५ मेट्रिक टन मात्र गहँु उत्पादन भएको छ ।

गत वर्ष २४ हजार हेक्टरमा गहुँबाली लगाइएकोमा प्रति हेक्टर २.५ मेट्रिक टनका दरले ६० हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *