गुहेश्वरी मर्चेण्टको आठौँ शाखा बाराको जीतपुरमा

Post Date : March 9, 2017 | 8:17 pm

बारा, २६ फागुन । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बाराको जीतपुरमा आठौँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बारा उद्योग वाणिज्य संघका अध्यक्ष घनश्याम गिरी र गुहेश्वरी मर्चेण्टका अध्यक्ष श्रीमान श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ रहेको छ । फाइनान्सले २०७३ पुस मसान्तसम्म २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड २२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *