गुहेश्वरी मर्चेण्टको शिलबन्दी बोलपत्रद्वारा हकप्रद सेयर बिक्री

Post Date : December 27, 2016 | 3:24 pm

काठमाडौँ, १२ पुस । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा समयभित्र आवेदन नपरी बाँकी भएको २८ हजार २ सय ८९ दशमलब ५० कित्ता सर्वसाधारण सेयर न्यूनतम प्रति कित्ता रु १०० मा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । इच्छुक व्यक्तिले यही पुस २० गतेदेखि २५ गतेसम्म बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट काठमाडौँमा शिलबन्दी बोलपत्र आवेदन दिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *