गुहेश्वरी मर्चेन्टको छैटौं शाखा कलैयामा

Post Date : November 11, 2016 | 3:51 pm

काठमाडाैँ, २६ कात्तिक । गुहेश्वरी मर्चेन्ट बैंैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बारा जिल्लाको कलैयामा छैटौं शाखा स्थापना गरेको छ । कम्पनीको यसअघि प्रधान कार्यलय ललितपुरको हरिहर भवन तथा शाखा कार्यलय काठमाडौंको चाबहिल, चुच्चेपाटी, हेटौंडाको कान्तिराजपथ, विरगञ्जको आदर्शनगर र बिर्तामोडको चारआलीमा कार्यालय स्थापना भइसकेको जनाएको छ ।

२०७३ असार मसान्तसम्म २ अर्ब १७ करोड रुपैया निक्षेप संकलन र १ अर्ब ७९ करोड रुपैया कर्जा प्रवाह गरी २ करोड २३ लाख रुपैया संचालन मुनाफा गरेको फाइनान्सद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

गुहेश्वरी मर्चेन्टले २ शेयर बराबर एक शेयर निष्काशन गरेको शेयर बिक्रिी बन्द यही कात्तिक २५ गतेबाट भएको छ । रु १०० अंकित दरका १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद शेयर असोज २१ गतेदेखि निष्काशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *