गोर्खाज फाइनान्सको शाखा कैलालीको चौमालामा

Post Date : May 15, 2017 | 5:44 pm

कैलाली, १ जेठ । गोर्खाज फाइनान्स लिमिटेडले कैलालीको चौमालामा शाखा संचालनमा ल्याएको छ । यो फाइनान्सको १२ औँ शाखा हो । शाखाको उद्घाटन गौरीगंगा नगरपालिकाका प्रमुख धर्मराज बिनाडी र गोर्खाज फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले संयुक्त रूपमा गर्नु भएको थियो ।

हाल फाइनान्सको निक्षेप ३ अर्ब ५३ करोड रुपैयाँ, कर्जा ३ अर्ब १५ करोड रुपैयाँ र चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

फाइनान्स २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको र हकप्रद शेयर निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *