गोर्खाज फाइनान्सको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल

Post Date : January 24, 2017 | 3:41 pm

काठमाडौँ, ११ माघ । गोर्खाज फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ती गरेको छ ।

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआईबिएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

हाल बैंकको चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ । चुक्ता पूँजीको २ बराबर १ को अनुपात अर्थात २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड रुपैया कर्जा प्रवाह गरी १० करोड ८० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । देशभर १० वटा शाखा र ४ वटा एटिएममार्फत फाइनान्स बैंकिङ सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *