गोर्खाज फाइनान्सको १४ औँ शाखा रुपन्देहीको लखन चोकमा

Post Date : June 21, 2017 | 3:35 pm

रुपन्देही, ७ असार । गोर्खाज फाइनान्स लिमिटेडले रुपन्देही जिल्लाको ओम सतिया गाउँपालिका वडा नं.१, लखन चोकमा १४ औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन समाजसेवी रामबहादुर थापा र गोर्खाज फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले संयुक्त रूपमा गर्नु भएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर वितरणपछि चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *