गोर्खाज फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 31, 2017 | 10:49 am

काठमाडौँ, १८ चैत । गोर्खाज फाइनान्स लिमिटेडलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले रु.१००।– अंकित दरका २९ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि गोर्खा फाइनान्सको चुक्ता पूँजी ८७ करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *