गोर्खाज फाइनान्स धुलावारीबाट बिर्तामोडमा

Post Date : July 10, 2016 | 10:53 am

काठमाडौं, २६ असार । गोर्खाज फाइनान्स लिमिटेडले झापा जिल्लाको धुलावारीमा रहेको आफ्नो शाखालाई बिर्तामोडमा स्थानान्तरण गरी कारोवार सुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन गोर्खाज फाइनान्सका अध्यक्ष महेन्द्रलाल राई र झापा जिल्ला उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष उमेश डालमियाले संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ ।

बैंकको निक्षेप संकलन २ अर्ब ३५ करोड रुपैया र कर्जा लगानी २ अर्ब ४९ करोड रुपैया पुगेको छ ।

गोर्खाज फाइनान्स लिमिटेड गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स कम्पनी मर्ज भएर बनेको फाइनान्स कम्पनी हो । मर्जरपछि फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैया पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *