गोर्खाज फाइनान्स र संसारा रेमिटबीच सम्झौता

Post Date : June 14, 2017 | 11:20 am

काठमाडौँ, ३१ जेठ । गोर्खाज फाइनान्स लिमिटेड र संसारा रेमिटबीच विप्रेषण कारोवारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र संसारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि स्वदेश तथा विदेशबाट संसारा रेमिटमार्फत पठाएको रकम गोर्खाज फाइनान्सको १३ वटा शाखाबाट प्राप्त गर्न सकिनेछ ।

गोर्खाज फाइनान्सको हाल चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर जारीपछि चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्ने फाइनान्सद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *