ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा पोखराको सभागृह चोकमा

Post Date : April 23, 2017 | 1:08 pm

कास्की, पोखरा, १० वैशाख । ग्रीन डेभलपमेन्ट बैंकले पोखराको सभागृह चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले गर्नु भएको छ ।

बाग्लुङ जिल्लामा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको बाग्लुङ, कास्की र म्याग्दी जिल्ला कार्यक्षेत्र रहेको छ । यसअघि बैंकले म्याग्दीको बेनीमा पहिलो शाखा खोलेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तभित्र बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुरयाउनु पर्ने भएकोले १ बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *