अोम डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

Post Date : May 11, 2016 | 11:38 am

काठमाडाैं, २९ बैशाख । अोम डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र ल्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि बैंकलाई एनसीएचएल आईपीएस प्रणाली उपलब्ध गराउनेछ ।

यस प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको खातामा भुक्तानी लिने/दिने कारोवारको साथै रकम ट्रान्सफर, रेमिट्यान्स लगायतका कारोवार अनलाईन मार्फत गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *