ग्लोबल आइएमई बैंकका ९४ शाखाबाट इपीएस शुल्क संकलन

Post Date : March 23, 2017 | 11:39 am

काठमाडौँ, १० चैत । ग्लोबल आइएमई बैंकले आफ्नो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरूबाट विगत वर्षहरूमा जस्तै यो वर्ष पनि कोरियन भाषा परीक्षा (इपीएस) को शुल्क संकलन सेवा शुरु गरेको छ ।

बैंकले चैत ९ गतेदेखि १८ गतेसम्म संचालन हुने ८ औँ इपिएस कोरियन भाषा परीक्षाको शुल्क संकलन गर्ने व्यवस्था मिलाएको विज्ञप्तीमा जनाएको छ ।

बैंकले श्रम तथा वैदेशिक रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागसँगको सहकार्यमा शुरुदेखि नै भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *