ग्लोबल आइएमई बैंकको एटिएम लुम्बिनीमा

Post Date : June 2, 2017 | 12:50 pm

लुम्बिनी, १९ जेठ । ग्लोबल आइएमई बैंकले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार नजिक एटिएम संचालनमा ल्याएको छ । यो बैंकको १०९ औँ एटिएम हो । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा आसपासका क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी आफ्नो एटिएम सेवा संचालनमा ल्याएको हो ।

बैंकको हाल ९५ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन केन्द्र र ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा प्रदान गर्दे आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *