ग्लोबल आइएमई बैंकको खुद मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ

Post Date : April 26, 2017 | 12:27 pm

काठमाडौँ, १३ वैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ८५ अर्ब ८१ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन र ७३ अर्ब १३ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ४७ करोड ६० लाख ७९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात १.५३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.८५ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख ६१ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब १२ करोड १ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *