ग्लोबल आइएमई बैंकको नाफा १ अर्बभन्दा माथि

Post Date : July 28, 2016 | 11:32 am

काठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंकले आ.व. २०७२÷७३ मा १ अर्ब ३८ करोड ६६ लाख ८६ हजार रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१÷७२ मा ९६ करोड ६ लाख ८ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले आ.व. २०७२÷७३ मा ७४ अर्ब ६८ करोड २९ लाख रुपैया निक्षेप संकलन र ६० अर्ब ८४ करोड १३ लाख रुपैया कर्जा लगानी गरेको छ । बैंकले गत आ.व. भन्दा निक्षेप संकलन तर्फ १४ अर्ब ५० करोड ७० लाख रुपैया र कर्जा लगानीमा १० अर्ब ६१ करोड ४७ लाख रुपैया बढी गरेको हो ।

बैंकको आ.व. २०७२÷७३ को असारसम्ममा खराब कर्जा अनुपात १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो २.२३ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *