ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान

Post Date : January 3, 2017 | 1:32 pm

काठमाडौँ, १९ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराका साथ बैंकको कतिपय शाखामा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा तथा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इयर तथा बेष्ट इन्टरनेट बैंकिङ एवार्डबाट समेत सम्मानित भइसकेको छ ।

बैंकले ९१ वटा शाखा, १०३ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउन्टर, ४४ वटा शाखारहित बैंकिङ सेवा मार्फत ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाईल बैंकिङ सेवा इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराईन लगायतका देशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *