ग्लोबल आइएमई बैंकको १०७ औँ एटिएम नयाँ बानेश्वरमा

Post Date : May 8, 2017 | 12:31 pm

काठमाडौँ, २५ वैशाख । ग्लोबल आइएमई बैंकले काठमाडौँको नयाँ बानेश्वरमा नयाँ एटिएम सेवा थप गरेको छ । बैंकको यो १०७ औँ एटिएम हो । नयाँ बानेश्वर क्षेत्रका ग्राहकवर्गलाई लक्षित गरी बैंकले नयाँ बानेश्वरको एटिएम लाउञ्जमा एटिएम काउण्टर संचालनमा ल्याएको हो ।

हाल बैंकले ९४ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *