ग्लोबल आइएमई बैंकबाट आन्तरिक राजश्व कार्यालयको राजश्व संकलन

Post Date : July 17, 2017 | 3:57 pm

काठमाडौँ, २ साउन । ग्लोबल आइएमई बैंकले आन्तरिक राजश्व कार्यालय, जनकपुर, धरान र तुल्सीपुर (दाङ) बाट राजश्व संकलन शुरु गरेको छ । बैंकले यी ४ वटा कार्यालयको परिसरमा काउण्टर स्थापना गरी राजश्व संकलन शुरु गरेको छ । यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको बीरगञ्जको पनि राजश्व संकलन गरिरहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय, सतुंगल लगायतका सरकारी कार्यालयमा राजश्व संकलन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *