ग्लोबल आइएमई बैंकमा रिलायबल डेभलपमेन्ट बैंक गाभियो

Post Date : July 10, 2017 | 3:09 pm

काठमाडौँ, २६ असार । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्वायर) गरी एकीकृत कारोवार शुरु गरेको छ । एकीकृत कारोवारको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नु भएको थियो ।

यो प्राप्तीपश्चात ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप ९७ अर्ब ७० करोड रुपैयाँ, कर्जा लगानी ८२ अर्ब रुपैयाँ पुगेको छ ।

मर्जरपछि बैंकको शाखा संख्या ११२, भारत तथा अष्ट्रेलियामा प्रतिनिधि कार्यालय, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर र ४६ वटा शाखारहित बैंकिङ सेवा पुगेको छ ।

ग्लोबल आइएमई बैंकले यसअघि आइएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ती गरिसकेको छ ।

Comments on “ग्लोबल आइएमई बैंकमा रिलायबल डेभलपमेन्ट बैंक गाभियो

  • ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्वायर) samachar xa heading chai “ग्लोबल आइएमई बैंकमा रिलायन्स डेभलपमेन्ट बैंक गाभियो” re

Leave a Reply

Your email address will not be published. Required fields are marked *