ग्लोबल आइएमई बैंकले ओलम्पिक–२०१६ मा भाग लिने खेलाडीहरूलाई चाहिने आवश्यक सामग्री प्रायोजन गर्ने

Post Date : July 29, 2016 | 12:55 pm

काठमाडौं, १४ साउन । ग्लोबल आइएमई बैंकले सन् २०१६ अगष्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा संचालन हुने ओलम्पिक–२०१६ मा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सी, ट्रयाकसुट लगायत सामग्री प्रायोजन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

प्रायोजनसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्द्धन विभागका प्रशन्न बाँस्कोटा र ओलम्पिक कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार बैंकले ओलम्पिक–२०१६ मा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सी, टिसर्ट, क्याप, ट्रयाकसुट तथा सपोर्ट किट प्रायोजन गर्नेछ । बैंकले खेलकुद क्षेत्रमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *