ग्लोबल आइएमई बैंकले ग्राकवर्गलाई सरल र सहज रुपमा अटो लोन प्रदान गर्ने

Post Date : August 29, 2016 | 2:39 pm

ग्लोबल आइएमई बैंकले ग्राकवर्गलाई सरल र सहज रुपमा अटो लोन प्रदान गर्ने उद्देश्यले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख श्री सुरेन्द्रराज रेग्मी र अरुण ईन्टरकन्टिनेन्टल ट्रेडर्सका महाप्रबन्धक (फाईनान्स) श्री मनिषकुमार जैनले हस्ताक्षर गर्नु भएकोछ ।

सम्झौता अनुसार सुजुकी ब्राण्डका कुनै पनि निजी तथा व्यापारिक प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल र त्यस अन्तर्गतका अन्य कम्पनीबाट खरिद गरेका गाडी ग्राहकलाई बैंकका सबै शाखाबाट ब्याजदर सहित बढीमा ७ वर्षका लागि ८० प्रतिशतसम्म कर्जा प्रभाव गर्नेछ । हाल बैंकको ९१ वटा शाखा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *