ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

Post Date : June 25, 2017 | 11:44 am

काठमाडौँ, ११ असार । ग्लोबल आइएमई बैंकको २०७४ असार ९ गते शुक्रबार सम्पन्न विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले रिलायबल डेभलपमेन्ट बैंकको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंकको ८२ दशमलब ९० कित्ता शेयर दिने गरी विशेष प्रस्ताव पारित गरेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको हाल चुक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै शाखा संख्या १ सय १२, एटिएम संख्या १ सय १४, ५ वटा एक्सटेन्सन काउण्टर र ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढी पुग्नेछ । यही असार मसान्तभित्र दुवै बैंकबीच एकीकृत कारोवार गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *