ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

Post Date : October 1, 2016 | 4:33 pm

काठमाडौं, १५ असोज । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वीजीसन) गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

प्राप्तिसम्बन्धी सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गर्नु भएको छ । एक्वीजिसनको प्रक्रिया ३ महिलाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्वीजिसन गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैया पुग्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकमा कुल चुक्ता पूँजी ८ अर्ब रुपैया पुग्ने यो दोस्रो वाणिज्य बैंक हुनेछ ।

त्यसै गरी बैंकको निक्षेप ८८ अर्ब रुपैया, कर्जा लगानी ७४ अर्ब रुपैया र शाखा संख्या ११ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *