ग्लोबल आइएमई बैंकले १५.७६५% बोनस शेयर दिने

Post Date : March 9, 2017 | 8:25 am

काठमाडौँ, २६ फागुन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँमध्येबाट १५ दशमलब ७६५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आउँदो चैत २१ गते हुने १० औँ वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

बैंकको हाल चुक्ता पूँजी ७ अर्ब १५ करोड ५ लाख ५० हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ८४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन र ७१ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९० करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा १ दशमलब ६१ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ४७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *