ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनश शेयर दिने

Post Date : September 15, 2016 | 4:13 pm

काठमाडौं, ३० भदौ । ग्लोबल आइएमई बैंक सञ्चालक समितिको २५७ औं बैठकले आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफा मध्येबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि उक्त बोनश शेयर वितरण गरिनेछ । बैंकको यो बोनश शेयर वितरण पश्चात चुक्ता पूँजी ७ अर्ब १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैया पुग्नेछ ।

बैंकले आ.व. २०७२।७३ को असार मसान्तसम्ममा ७४ अर्ब ६८ करोड २९ लाख रुपैया निक्षप संकलन, ६० अर्ब ८४ करोड रुपैया कर्जा प्रवाह गरी १ अर्ब ३८ करोड ६६ लाख ८६ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकको हाल देशभर ९१ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, १०३ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर र ४२ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा रहेको छ ।

बैंकले अष्ट्रेलिया, दक्षिण कोरिया, मलेशिया, भारत, कतार, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *