ग्लोबल आइएमई बैंक र माष्टर कार्डबीच सम्झौता

Post Date : January 10, 2017 | 1:09 pm

काठमाडौँ, २६ पुस । ग्लोबल आइएमई बैंक र माष्टर कार्डबीच माष्टर कार्डको इस्युअर र अक्वायर प्रशोधन सेवाको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र माष्टर कार्डका पेमेन्ट सोल्युसन्स, साउथ एसियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापश्चात माष्टर कार्डले बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई गर्ने सेवा सुविधा प्रदान गर्नेछ । यस प्रकारको सेवा पहिलो पल्ट नेपाल ग्लोबल आइएमई बैंकलाई माष्टर कार्डले उपलब्ध गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *