ग्लोबल आईएमई बैंकमा प्यासिफिक डेभलपमेण्ट बैंक गाभिने

Post Date : December 15, 2016 | 4:35 pm

काठमाडौँ, ३० मङ्सिर । ल्गोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । ग्लोबल आईएमई बैंकको विशेष साधारण सभाले लमजुङ जिल्लाको बेशीसहरमा रहेको प्यासिफिक डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्यासिफिक डेभलपमेण्ट बैंकको १०० कित्ता शेयर बराबर ग्लोबल आईएमई बैंकको ६९.२६ कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गरेको छ । प्यासिफिक डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १३ करोड रुपैयाँ छ ।

प्यासिफिक डेभलपमेण्ट बैंक प्राप्ती पछि ग्लोेबल आईएमई बैंकको चुक्ता पूँजी ६ अर्ब २५ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

ग्लोेबल आईएमई बैंकले ८१ अर्ब रुपैयाँ निक्षेप संकलन, ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै बैंकको ९१ वटा शाखा, ९ वटा राजस्व संकलन काउण्टर, भारत तथा अष्टे«ेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा एउटा सिडिएस काउण्टर मार्फत सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *