ग्लोबल आईएमई र आईएफसीले सहकार्य गर्ने

Post Date : November 11, 2016 | 4:12 pm

काठमाडौँ, २६ कात्तिक । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक मेङगेस्तु एलिमोहयु बिच भेटवार्ता भएको छ । भेटका अवसरमा ग्लोबल आईएमई बैंक र ईन्टरनेशनल फाईनान्स कर्पोरेसन बिच एक आपसमा व्यावसायिक सहयोग प्रदान गर्ने विषयमा कुराकानी भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

ईन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संस्था तथा ती मुलुकका नागरिकका लागि लगानी तथा व्यावसायिक सुझाव दिँदै आएको बैंकले जनाएको छ ।

भेटमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, ईन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्री मेनेजर वन्डी वारनर, आवासिय प्रतिनिधि रेहेना रासिद लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *