घाँसी नेपालको विद्यालय बनाउने अभियान

Post Date : October 19, 2016 | 3:23 pm

काठमाडौं, ३ कार्तिक । शिक्षा सम्बन्धी काम गर्दै आएको घाँसी नेपालले भूकम्प प्रभावित विद्यालयहरु पुनर्निर्माण गर्ने अभियानलाई तिव्रता दिएको छ । पुनर्निर्माणमा सहयोग गर्दै घाँसी नेपालले ६० वटा भूकम्प प्रभावित विद्यालयको भवन बनाउने कार्यलाई तिव्रता दिएको हो । अहिलेसम्म गोरखा श्रीनाथकोटको जनकल्याण उच्च माध्यमीक, बोर्लाङको भिमसेन प्राथमीक विद्यालय, काठमाण्डौँ गोकर्णेश्वरस्थीत तारेभीर प्राथमीक विद्यालयको निर्माण कार्य सुरु भइसकेको संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत भूकम्पबाट बढी प्रभावित जिल्लाहरुका विद्यालय निर्माण गर्ने कार्य पनि छिट्टै सुरु गर्ने घाँसी नेपालको लक्ष्य छ । आउँदो वैशाखसम्ममा २६ वटा विद्यालय निर्माण गरिसक्ने योजना रहेको संस्थाका कार्यक्रम संयोजक शंखु प्रसाद जैशीले बताएका छन् ।

घाँसी नेपालले विद्यालय निर्माण गर्ने अभियान अन्र्तगत दोलखाको लापिलाङ गाविसका भूकम्प पीडितसँग दशैँ भोजको आयोजना गरेर दशैँ मनाएका छन् । संस्थाले लापिलाङ— ७ का थामी जातिसँग दसै भोजको आयोजना गरेको हो । दशैँ मनाउन संस्थाका अध्यक्ष घिमिरे लगायतको टोली सहभागि थियो ।

ghansi2

Leave a Reply

Your email address will not be published. Required fields are marked *