चमेलियाकोे विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने

Post Date : January 31, 2018 | 8:07 am

दार्चुला, १६ माघ (रासस) ः चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएकोे छ ।

यो सँगै १५ मेगावाट विद्युत् भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो ।

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी)ले निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *