चार किलो सुन र चार किलो चाँदी चोरी

Post Date : February 3, 2017 | 5:33 pm

चितवन, २१ माघ । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ ।

सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् ।

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्काे साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उहाँले बताउनुभयो । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उहाँले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *