चितवनको माडीमा वित्तीय साक्षरता कार्यक्रम

Post Date : June 13, 2016 | 4:00 pm

काठमाडौं, ३१ जेठ । ग्रामीण सञ्चार सञ्जाल माडी र महालक्ष्मी फाइनान्स लिमिटेड, नारायणगढको संयुक्त आयोजनामा चितवनको माडी नगरपालिकाको वसन्तपुरमा वित्तीय साक्षरता कार्यक्रम संचालन भएको थियो ।

ग्रामीण सञ्चार सञ्जालका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय संस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा माडीको आर्थिक गतिविधि वृद्धिमा वित्तीय संस्थाबाट गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम तथा बजारीकरण लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *