चिनियाँ पर्यटकको आगमन बढ्दै

Post Date : October 19, 2016 | 2:22 pm

रसुवा (धुन्चे), ३ कात्तिक । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

यस्तै चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कन्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ । चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *