चिलीले जित्यो कोपा अमेरिका २०१६

Post Date : June 27, 2016 | 8:55 am

अमेरिका, १३ असार । न्यूजर्सीको इष्ट रुथरफोर्डको मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिका २०१६ को फाइनल खेल अर्जेन्टिना विरुद्ध चिली निर्धारित समय र थप गरिएको ३० मिनेटको समय दुवैमा कुनै पनि गोल हुन सकेन ।

खेल टाइब्रकरमा गए पछि चिलीका खेलाडी भिडालले प्रहार गरेको पहिलो पेनाल्टी सुटआउट अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए । त्यस्तै अर्जेन्टिनाका लियोनेल मेस्सीले प्रहार गरेको पेनाल्टी किक गोलपोष्ट बाहिर गएको थियो ।

दोस्रो पेनाल्टी प्रहारमा चिलीका निकोलास र अर्जेन्टिनाका जाभिएर मासेरानोले गोल गेका थिए । त्यस्तै तेस्रो पेनाल्टी प्रहारमा पनि दुवै देशका खेलाडीहरूले गोल गरेका थिए ।

चौथो पेनाल्टी प्रहारमा चिलीका खेलाडीले गोल गरेका थिए भने अर्जेन्टिनाको पेनाल्टी प्रहार चिलेका गोलकिपरले रोक्न सफल भई ३–२ को अग्रता लिएको थियो ।

पाँचौं पेनाल्टी प्रहारमा चिलीका खेलाडी फ्रान्सिस्को सिल्भाले गोलमा परिणत गरेपछि चिली कोपा अमेरिका २०१६ को फाइनल खेल टाइब्रेकरमा ४–२ को जित हात पारेको छ ।

गाेल्डेन बुट चिलीका गाेलकिपरले पाए भने टप स्कोरर चिलीका ११ नम्बर जर्सीका भार्गसले गोल्डेन बुट पाए । त्यस्तै प्लेयर अफ दि म्याच चीलीकै एलेक्स सान्चेजले गोल्डेन बल पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *