चीनमा करिब सात लाख सामाजिक संस्था दर्ता

Post Date : December 15, 2016 | 3:28 pm

बेइजिङ, ३० मङ्सिर । चीनमा सन् २०१६ को तेस्रो चौमासिकको अन्त्यसमम्म छ लाख ७५ हजारभन्दा बढी सामाजिक सङ्घ संस्थाहरु दर्ता भएका छन् ।

दर्ता भएका मध्ये तीन लाख २८ हजार वटा सामाजिक समूहहरु तीन लाख ४२ हजार वटा सामाजिक सेवा निकाय र पाँच हजार २०४ वटा फाउण्डेसन रहेका चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।

नागरिक मामिला मन्त्री हुआङ शुसिआनले सबै सामाजिक सङ्घसंस्थाहरुलाई राम्रो सामाजिक सेवा गर्न आह्वान गर्नु भएको छ ।

उहाँले नागरिक मामिला प्राधिकरणले सामाजिक सङघ संस्थाहरुले गरिरहेका सबै प्रकारका कामलाई सहयोग गर्ने र अनुगमन गर्ने कार्य गरिरहेको बताउनुभयो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *