चीन, दक्षिण कोरिया र जापानले सहकार्य गर्ने

Post Date : September 8, 2016 | 5:24 pm

भिएनटान, २३ भदौ । दक्षिणपूर्वी एसियाका देशहरुको सङ्घ (आसियान)का दश वटा सदस्य राष्ट्रसहित चीन, दक्षिण कोरिया र जापानले दिगो विकासका लागि सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घको सम्मेलनमा ती देशहरुले बुधवार यस्तो प्रतिबद्धता जनाएको पनि बिहीबार जारी एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

गतबर्ष न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घको दिगो विकाससम्वन्धी सम्मेलन र राष्ट्रसङ्घकै जलवायु परिवर्तनसम्वन्धी पेरिस सम्झौताअनुसार ती देशका नेताहरुले प्रतिबद्धता जनाएको सोही विज्ञप्तिमा बताइएको छ ।

उनीहरुले समानता, सहकार्य र समावेसिता लागु गर्दै दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय र क्षेत्रीय साझेदारीका लागि बृहत र ठोस योजनाका बारेमा छलफल गर्न सवै देशलाई आह्वान गरेका छन् ।

आसियान र थप तीन वटा देशहरु दिगो विकास लक्ष्य हासिल गर्न खुलेर लाग्ने नेताहरुको प्रतिबद्धता छ ।

ती देशहरु बीचको विकासको अन्तर र गरिवी हटाउनका लागि ठोस काम गर्न पर्यटन र साँस्कृतिको आदानप्रदानमार्फत् दिगो विकासका साना र ठुला सबै प्रयत्नहरु गर्नुपर्ने उनीहरुले निष्कर्ष निकालेका छन् ।

आसियान र थप तीन देशले आपसमा सहकार्यका लागि छुट्टै संयन्त्र बनाउने भएका छन् । उनीहरुले बनाएको कार्ययोजनामा आर्थिक सहकार्य र राजनीति, सुरक्षा र संस्कृतिलाई राम्रो बनाउन बढी जोड दिइएको छ ।

उनीहरुले अहिले पुर्वी एसियानमा आधारित विषेशगरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रका लागि यो संयन्त्रको विकास गरेका हुन् । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *