नयाँ छाप्ने नोटमा परिवर्तन हुने

Post Date : May 23, 2016 | 9:35 am

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ छाप्ने नोटमा परिवर्तन गरेको छ । नयाँ नोटमा सुरक्षा धागो र जनावरको चिन्ह लगायतमा परिवर्तन गरेको छ ।

नयाँ आउने पाँचसय दरको नोटमा दुईवटा बाघको सट्टा चितवन राष्ट्रिय निकुञ्जमा पाइने एउटा बाघ राखिएको छ । त्यस्तै एकसय रुपैया दरको नोटमा एउटा गैंडाको सट्टा चितवन राष्ट्रिय निकुञ्जमा पाइने बच्चा सहितको गैंडाको चिन्ह राखिएको छ । पचास रुपैया दरको नोटमा हिमाली भेडाको सट्टा नेपालमा पाइने हिम चितुवा राखिएको छ । त्यस्तै अहिलेको २० रुपैया दरको नोटमा साम्भर मृगको सट्टामा चितवन राष्ट्रिय निकुञ्जमा पाइने १२ सिङे राखिएको छ । नयाँ आउने हजार रुपैया दरको नोट विशेष प्रकारको हुनेछ । नयाँ नोटमा सुरक्षा धागो पनि विशेष चम्किलो प्रकारको हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *