छिमेक लघुवित्त विकास बैंकको डिजिटल महिला अभियान

Post Date : August 1, 2016 | 1:57 pm

काठमाडौं, १७ साउन । छिमेक लघुवित्त विकास बैंक र यू.के. एड अन्तर्गतको सक्षम एक्सेस टु फाइन्नान्सबीच वित्तीय पहुँच नपुगेका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका रुकुम, दाङ, बाँके, कैलाली र डडेलधुरामा वित्तीय सेवा पुरयाउने सम्बन्धमा सम्झौता भएको छ । “डिजिटल महिलाः डिजिटल वुमन च्यानल पाटनर्स फर जेन्डर इन्क्लुसिभ माइक्रोफाइनान्स सर्भिसेज” नामक यस साझेदारीले स्थानीय महिलालाई शाखारहित बैंकिङ अभिकर्ताको रुपमा कठिन भौगोलिक अवस्थाका बाबजुद पनि काम गर्न प्रोत्साहित गर्नेछ ।

यस कार्यक्रममार्फत ३ वर्षभित्रमा ती ५ जिल्लाका कम्तीमा २४ हजार एकसय ९६ विपन्न तथा पिछडिएका महिलालाई डिजिटल महिलामा रुपान्तरण गरी आधुनिक प्रविधि ल्यापटप, ट्याबलेटका माध्यमबाट सेवा पुरयाउने लक्ष रहेको छ ।

यी अभिकर्ताको कारोबारलाई वास्तविक अनलाईन कारोबारको रुपमा सुनिश्चित गर्न डिजिटल उपकरणको मद्दतले बैंक व्यवस्थापन सूचना प्रणाली (एमआईएस) मा जोडिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *