जङ्गल महोत्सव सुरु

Post Date : February 23, 2017 | 6:26 pm

पोखरा, १२ फागुन । पोखराको शान्तिवन वाटिकामा आजदेखि जङ्गल महोत्सव सुरु भएको छ ।

परिचय नेपाल पोखराको आयोजनामा सुरु भएको सो महोत्सव यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । दर्शकको आकर्षणका लागि महोत्वमा रोबोटिक भूतघर, अन्तर्राष्ट्रियस्तरका खेलाडीबीच कुस्ती, फेसन सो, नाटक मञ्चनसँगै मुक्तकका कार्यक्रम राखिएको संस्थाका अध्यक्ष सोभित बस्यालले जानकारी दिनुभयो ।

महोत्सवमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुति, खुकुरी नृत्य, मोडलहरूको प्रस्तुति, घोडा र उँट चढाइको समेत व्यवस्था गरिएको छ । कार्यक्रमबाट भएको आम्दानीबाट शान्ति वन वाटिका क्षेत्रको सडक स्तरोन्नति र पोखरामा निर्माणाधीन नाटकघरका लागि रु ५० हजार छुट्टयाइने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *