जनचेतनामूलक करदाता शिक्षा कार्यक्रम

Post Date : June 5, 2016 | 2:40 pm

काठमाडौँ, २३ जेठ । विभिन्न पेसा व्यवसायमा आबद्ध भएर पनि स्थायी लेखा नम्बर लिई आयकर नतिर्नेलाई जनचेतना जगाउने उद्देश्यले करदाता सेवा कार्यालय चाबहिलले करदाता शिक्षा सञ्चालन गरेको छ ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजित जनचेतनामूलक करदाता शिक्षा कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो ।

स्थानीय ‘नव बिहानी’ कृषि सहकारी संस्थाले संयोजन गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठ र कर अधिकृत प्रेमराज पोखरेलले विभिन्न पेसा व्यवसाय गरी आय आर्जन गर्ने सबैले करदाता सेवा कार्यालयमा कागजात पेस गरी स्थायी लेखा नम्बर लिनुपर्नेमा जोड दिनुभएको थियो । स्थायी लेखा नम्बर लिई आयकर तिरेर पेसा व्यवसाय सञ्चालन गरेमा आर्जन गरेको सम्पत्ति पनि वैध हुने उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पेसा र व्यवसायमा आबद्ध ३०० जनाको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *