जनता बैंकका सिइओ लम्सालको राजिनामा स्वीकृत

Post Date : June 8, 2017 | 3:05 pm

काठमाडौँ, २५ जेठ । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार लम्सालले २०७४ जेठ २५ गते बिहिबारदेखि लागू हुने गरी दिएको राजिनामा बैंक संचालक समितिले स्वीकृत गरिसकेको छ । लम्सालको कार्यकाल दुई वर्ष अझै बाँकी थियो । उहाँ २०७२ साल जेठ ११ गतेदेखि जनता बैंकको प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो । सानिमा बैंक र प्रभु बैंकमा सिइओ भएर काम गरिसक्नु भएको लम्सालसँग २६ वर्ष बैंकिङ सेवा गरेको अनुभव छ ।

बैंकले परशुराम कुँवरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको स्रोतको दाबी छ । कुँवर शुक्रबार बैंकमा हाजिर हुने समेत जनाइएको छ ।

One thought on “जनता बैंकका सिइओ लम्सालको राजिनामा स्वीकृत

  • लम्साल ज्युले राजिनामा दिनु को कारण पनि थाहा पाउन पाए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *