जनता बैंकको अछाममा ५ वटा शाखारहित बैंकिङ सेवा

Post Date : October 4, 2016 | 11:53 am

काठमाडौं, १८ असोज । जनता बैंक नेपाल लिमिटेडले अछाम जिल्लाको कमलबजार नगरपालिका–८, तुर्माखाँद गाविस–६, विनायक गाविस–५, वर्दादेवी गाविस–१ र शान्तडा गाविस–३ मुजाबजार गरी ५ स्थानबाट शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

यूके एडको सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा बैंकले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ सेवाको शुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीय बासिन्दाले वित्तीय सेवाका लागि लामो दूरी हिँड्नु पर्ने वाध्यताको अन्त्य भएको बैंकले विश्वास लिएको छ ।

बैंकले सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्य आगामी ३ वर्षभित्रमा देशका विभिन्न भागमा ५० वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *