जनता बैंकको दार्चुलामा शाखारहित बैंकिङ्ग सेवा

Post Date : May 10, 2016 | 11:41 am

दार्चुला, २८ बैशाख । जनता बैंकले दार्चुलामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा दार्चुला जिल्लाको ग्वानी गाविस, उकु गाविस, खर गाविस र रिथाचौपाटा गाविसमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

नेपालको सुदूरपश्चिमका पहाडी क्षेत्रका बासिन्दाहरूले वित्तीय सेवाको सरल र सुलभ पहुँच पाउन सकिरहेका छैनन् । बैंकको यस शाखारहित बैंकिङ्ग सेवा विस्तारले उक्त गाविसका वासिन्दाले बैंकिङ्ग कारोबार गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *