जनता बैंकको दुई नयाँ खाता

Post Date : July 27, 2017 | 3:30 pm

काठमाडौँ, १२ साउन । जनता बैंक नेपाल लिमिटेडले दुई नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले संस्थागत निक्षेपकर्तालाई लक्षित गरी जनता संस्थागत बचत खाता र जनता कल खाता नामक दुई खाता संचालनमा ल्याएको हो ।

गैरनाफामूलक संघ–संस्थाले न्यूनतम मौज्दात एक हजार रुपैयाँमै खाता खोल्न सक्ने जनता संस्थागत बचत खाताको ब्याजदर वार्षिक ६ प्रतिशत रहेको छ । अन्य संघ–संस्थाका लागि बैंकले ल्याएको जनता कल खातामा मौज्दात अनुसारको उचित ब्याजदर प्रदान गरिने जनाइएको छ ।

हाल बैंकको १ सय १३ वटा शखा, १८ वटा शाखारहित बैंकिङ इकाइ र ६७ वटा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *