जनता बैंकको शेयर रजिष्ट्रारमा काठमाडौँ क्यापिटल मार्केट

Post Date : April 12, 2017 | 8:44 am

काठमाडौँ, ३० चैत । जनता बैंक नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा काठमाडौँ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र काठमाडौँ क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गर्नु भएको छ । जनता बैंकले शेयर रजिष्ट्रारसम्बन्धी कार्य आफैले गर्दै आइरहेकोमा शेयर रजिष्ट्रारमा काठमाडौँ क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । बैंकको हाल करिब ५५ हजार शेयरधनी रहेको छ ।

जनता बैंकले राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजत प्राप्त सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता पनि गरिसकेको छ ।

जनता बैंकले राष्ट्रिय स्तरको ‘ख’ वर्गको त्रिवेणी विकास बैंकलाई प्राप्ति गरी चैत २५ गतेदेखि एकीकृत कारोवारसमेत शुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *