जनता बैंकको सातौं साधारण सभाले १२ दशमलब ६३ प्रतिशत लाभांश पारित

Post Date : February 13, 2017 | 6:50 pm

काठमाण्डौँ, २ फागुन । जनता बैंक नेपाल लिमिटेडको सातौं बार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे अनुरुप तत्काल कायम चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैयाँको १२ दशमलब ६३ प्रतिशतले हुने रकम २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश पारित गरेको छ ।

साधारण सभाले जनता बैंक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैंकलाई गाभ्ने प्रस्ताव समेत सर्वसम्मतबाट पारित गरेको छ । साथै, मर्जर पश्चात हुन आउने बैंकको चुक्ता पूँजीमा १० कित्ता शेयर बराबर ६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु सभाले पारित गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

बैंकले २०७३ माघ मसान्तसम्म २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन र २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *