जनता बैंकले ‘जनता कवज’ नामक खाता संचालनमा ल्यायो

Post Date : September 12, 2016 | 2:10 pm

काठमाडौं, २७ भदौ । जनता बैंक लिमिटेडले ‘जनता कवज’ नामक नवौं खाता संचालनमा ल्याएको छ । यस बचत खाता योजनामा सहभागी हुने ग्राहकले बचत अनुसार १० लाख रुपैया सम्मको दुर्घटना मृत्यु बीमा र बचत खातामा रहेको मौज्दातको २० गुणा वा १ करोड रुपैया सम्मको घर बीमा निःशुल्क पाउने छन् । जनता कवच खाताले ग्राहक वर्गलाई बचत मात्र नभई सुरक्षा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा २४ अर्ब ६ करोड ७५ लाख रुपैया निक्षेप संकलन, २० अर्ब ४७ करोड २५ लाख रुपैया कर्जा प्रवाह गरी ३२ करोड ५३ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकको मेची अञ्चलको ताप्लेजुङ जिल्लादेखि पश्चिमको महाकाली अञ्चलको दार्चुलासम्म ३६ वटा शाखा, २९ वटा एटिएम, ५ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा दिई आइरहेको जनाएको छ ।

बैंकले चालु आ.व. २०७३/७४ मा दमक, धरान, लहान, बर्दिवास, हेटौंडा र बीरेन्द्रनगरमा शाखा खोल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *