जनता बैंकले दाङ्गको ४ गाविसमा शाखारहित बैंकिङ सेवा शुरु गर्यो

Post Date : September 18, 2016 | 8:32 am

काठमाडौं, २ असोज । जनता बैंक नेपाल लिमिटेडले दाङ्ग जिल्लाको चारवटा गाविसमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले रामपुर, गढवा, बिजौरी र मानपुर गाविसमा उक्त सेवा शुरु गरेको हो । बैंकले दुर्गम ठाउँका व्यक्तिलाई बैंकिङ पहुँच पुरयाउने उद्देश्यले शाखारहित बैंकिङ सेवा शुरुवात गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७२।७३ को असार मसान्तसम्ममा २४ अर्ब ६ करोड ७५ लाख रुपैया निक्षेप संकलन, २० अर्ब ४७ लाख रुपैया कर्जा प्रवाह गरी ३२ करोड ५३ लाख रुपैया खुद मुनाफा गरेको छ । गत आर्थिक वर्षसम्म बैंकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैया छ भने निष्क्रिय कर्जा अनुपात १.१५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *